सन्दीप लामिछाने २० गते नेपाल आउने

तामसालिङ खबर
१६ आश्विन २०७९, आईतवार ०५:४९

असोज, काठमाडौ – क्रिकेटर सन्दीप लामिछाने २० गते नेपाल आइपुग्ने भएका छन् । गत भदौ ५ गतेका दिन आफूलाई सन्दीपले बलात्कार गरेको भन्दै गौशाला प्रहरीमा एक नाबालिकाले उजुरु दिएपछि सन्दीप विदेशमै रहेका थिए ।

केन्याविरुद्धका सिरिजका लागि नेपाली टिमको कप्तानी गर्दै गएका सन्दीप उतैबाट सीपीएल खेल्न वेस्टइन्डिज पुगका थिए । यसबीचमा घटना सार्वजनिक भएपछि सीपीएल छाडेर घर फर्कने बताएका सन्दीप लामो समयसम्म नआइपुग्दा नेपाल प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गरेको थियो ।

यसबीचमा सन्दीप सिंगापुरमा रहेको बताइएको छ । सामाजिक सञ्जाल मार्फत उनले २० गते नेपाल आइपुग्ने र आफूले न्यायको लडाई लड्ने बताएका छन् । सन्दीपलाई अहिले नेपाल क्रिकेट संंघ क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*