मनिला बिष्ट पुन: एमालेमा फर्किएपछि, एमाले मनहरी ८ का ५२ जनाले पार्टी परित्याग

तामसालिङ खबर
१३ आश्विन २०७९, बिहीबार १०:१२

असोज, हेटौडा (मनहरी) – मनहरी गाउँपालिकामा नेकपा एमालेको वडा कमिटिको टिम नै पार्टी परित्याग गर्ने क्रम बढेको छ। आजै मात्र मनहरी गाउँपालिका वडा नम्बर ८ का सिङ्गो कमिटीले पार्टी परित्याग गरेका छन् ।

नेकपा एस मकवानपुर जिल्ला सचिवालय सदस्य मनिला बिष्ट सहितका नेताहरु मंगलबार पुन: नेकपा एमालेमा फर्किएपछि असन्तुष्ट बनेको जिल्ला सदस्य, गाउँकमिटिका नेताहरु, भातृ संगठनका केहि नेताहरु सहित मनहरी ८ का ५२ जना सिंगो टिमले पार्टी परित्याग गरेका हुन्।

हिजो पार्टीमा रही अराजक निम्त्याउने तथा पार्टी फुट पश्चात समाजवादीमा लागि एमालेलाई हराउने उदेश्य राखी अन्यत्र मतदान गरि हाम्रा उम्मेदवारहरुलाई लक्षित विभिन्न आरोप प्रत्यारोप गरि खुसी रहनेहरुलाई स्थानीय कमिटी संग सरसल्लाह नगरी कार्यकर्तालाई दास ठान्ने जिल्ला, केन्द्र तथा पालिकाका केहि नेताहरुले व्यक्तिगत स्वार्थका कारण प्रवेश गराइएकोले सिंगो कमिटीले पार्टी परित्याग गरेको ८ नम्बर वडा कमिटी अध्यक्ष सुर्यलाल स्याङ्गतानले जानकारी दिनु भयो ।

पार्टी परित्याग गर्नेहरुमा जिल्ला सदस्य दिलबहादुर स्याङ्गतान, सिताराम न्यौपाने, किसान संघ जिल्ला सदस्य रामप्रसाद ढकाल, अनेरास्ववियु बागमती प्रदेश सदस्य पुकार सुबेदी, युवा संघ जिल्ला सचिबालय सदस्य सन्तोष ढकाल, जिल्ला सदस्य सन्तोष उप्रेती, किरण सुबेदी, पार्टी ८ नम्बर वडा सचिब अभिषेक अधिकारी, अनेम संघ ८ नम्बर वडा अध्यक्ष दिलमाया गिरि, मनहरी गाउँ कमिटी उपसचिव पुस्कर सुबेदी, ८ नम्बर वडा इन्चार्ज यादब अधिकारी, गाउँकमिटी सदस्य जयबहादुर रुम्बा, लाक्पा रुम्बा, बिकाश उप्रेती, रामकृष्ण प्रजा, बिमला थिङ, कृष्णमाया सुबेदी, उषा लामा, राजेश बिक लगायत ५२ जनाले पार्टी परित्याग गरेका छन्।

बुधबार मात्र नेकपा एमाले जिल्ला सदस्य सहित मनहरी गाउँपालिका वडा नम्बर ५ का ६५ जनाले पार्टी परित्याग गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*