नेपाल फेरि उपविजेता, श्रीलंका च्याम्पियन

तामसालिङ खबर
१३ आश्विन २०७९, बिहीबार ०७:३४

असोज, काठमाडौं – माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । मालेमा बुधबार राति माल्दिभ्सलाई हराएर श्रीलंकाले उपाधि जितेपछि नेपाल फेरि उपविजेता बनेको हो ।

बुधबार नै भुटानलाई हराएर नेपालले उपाधि होड कायम राखेको थियो । तर, श्रीलंकाले माल्दिभ्सलाई ७२-५९ ले हराएर च्याम्पियन बन्यो ।

माल्दिभ्सलाई हराए सँगै शीर्ष स्थानमा रहेर श्रीलंका च्याम्पियन बनेको हो । अघिल्लो संस्करण समेत श्रीलंकाले उपाधि जितेको थियो भने नेपाल उपविजेता बनेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५१-४७ ले पराजित भएको थियो । जुन हारले नेपाललाई उपाधिबाट बन्चित गरायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*