मुस्ताङी च्याङ्ग्राको मूल्य अत्याधिक वृद्धि

तामसालिङ खबर
१३ आश्विन २०७९, बिहीबार ०७:१६

असोज, काठमाण्डौ – यो वर्ष मुस्ताङी भेडा च्याङ्ग्राको मूल्य अत्याधिक बढेको छ ।

मुस्ताङको कोरला नाका बन्द हुँदा चीनबाट भेडा च्याङग्रा नआएकाले यस वर्ष पनि मुस्ताङ र डोल्पामा पालिएका भेडा च्याङ्ग्रा बजारमा आएकाले मूल्य आकाशिएको व्यापारीहरुले बताएका छन् । तर, उपभोक्ताहरुले भने व्यापारीले मनलाग्दो गरी मूल्य निर्धारण गरेकाले खरिद गर्न महंगो भएको गुनासो गरेका छन् ।

भेडाको तुलनामा च्याङ्ग्राको मासु स्वादिलो र धेरै खपत हुने भएकाले दशैंमा मुस्तांगी च्याङ्ग्राको माग बढी हुने गर्दछ । मुस्ताङमा व्यापारीहरुले च्याङ्ग्रालाई प्रतिगोटा ४२ हजार रुपैयाँसम्म मूल्य परेको बताएका छन् ।

केही वर्ष अघिसम्म २० देखि २२ हजारमा पाइने च्याङ्ग्राको मूल्य यसवर्ष दोब्बरले बढेको व्यापारीहरुको गुनासो छ । कोभिड–१९ का कारण विगत तीन वर्षदेखि उत्तरी कोरला नाका बन्द छ ।

नाका बन्द भएपछि मुस्ताङ र डोल्पाका पशुपालक तथा व्यापारीले च्यांग्रा खरिद गर्न नपाउँदा यस वर्ष पनि भेडाच्यांग्राको संख्या न्यून भएको मुस्ताङका व्यापारीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*