गायक प्रकाश तामाङको ‘दशैँ आयो तिहार आयो’ सार्वजनिक (भिडियो)

तामसालिङ खबर
१२ आश्विन २०७९, बुधबार १९:२८

असोज, हेटौडा – मकवानपुरका गायक प्रकाश तामाङको स्वरमा दशैँ तिहारको नयाँ गीत सार्वजनिक भएको छ ।

‘दशैँ आयो तिहार आयो’ बोलको गीतमा गायक प्रकाश तामाङ, गायिका सुमिना लो, सुलभ तामाङ्ग र सृजना तामाङ्गको स्वर रहेको छ । मोक्तान डिजिटलको अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो ।

गीतमा सुलभ तामाङ्गको शब्द रहेको छ भने संगित सुलभ र गायक प्रकाश तामाङ्गले नै भरेको छ । म्युजिक भिडियोमा गायक प्रकाश तामाङ, नग्मा श्रेष्ठ, चर्चित ढुंगेल, पार्वती वाईबा र जङ्बु श्रेष्ठ तथा बाल कलाकार आलोक रानाभाट र दिपिका पाठकको अभियन रहेको छ ।

भिडियोको निर्देशन साजन कडेंलले गरेको छ । गायक प्रकाश तामाङ्गले गत वर्ष तिहारको गीत “सप्तरङ्गी टिका” बोलको गीत ल्याएको थियो । उक्त गीत दर्शकले अत्याधिक मन पराएका थिए ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*