पाठेघरको मुखको क्यान्सर सम्बन्धि शिविरमा ७४ जना

तामसालिङ खबर
८ आश्विन २०७९, शनिबार ०८:२६

असोज, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ५ मा भएको पाठेघरको मुखको क्यान्सर सम्बन्धिको शिविरमा ७४ जना महिलाले सेवा लिएका छन् ।

शुक्रबार बस्तिपुर जेसिज हाँडिखोलाद्धारा आयोजीत उक्त शिविरमा ७४ जनाले सेवा लिएका हुन् । जाँचको क्रममा ३ जनालाई समस्या देखिएकोमा उनीहरुलाई औषधि उपचार सहित सेवा प्रवाह गरीएको र आवश्यकता अनुरुप नियमित जाँचको लागि बोलाईने कार्यक्रमका सभापति तथा बस्तीपुर जेसिज हाँडिखोला वर्ष २०२२ का अध्यक्ष तेज प्रसाद उप्रेती (रमेश) ले जानकारी दिनुभयो ।

नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र ५ नं वडा कार्यालयको समन्वयमा भएको उक्त शिविरमा वडाअध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष अधिकारीले पछिल्लो समय बस्तीपुर जेसिजले सहरी क्षेत्रहरु भन्दा ग्रामिण भेगलाई मध्यनजर गरी आयोजना गरेको स्वास्थ्य शिविर सम्वन्धी कार्यक्रमहरु सराहनीय रहेको बताउनु भयो ।

जेसी नवराज विष्टको संयोजकत्वमा आयोजीत उक्त शिविर मनहरी ५ बसन्तपुर स्थित स्वास्थ्य चौकीमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*