निबुवाटारको महिला अभियान सकोसको अध्यक्षमा पुन: भिमकुमारी थापा निर्वाचित

तामसालिङ खबर
९ आश्विन २०७९, आईतवार २१:२९

असोज, हेटौंडा (भिमफेदी) – महिला अभियान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: भिमकुमारी थापा मगर निर्वाचित भएको छ ।

भिमफेदी गाउपालिका वडा नम्बर ४ निबुवाटरमा अबस्थित सहकारी सस्थाको शनिबार भएको २४ औ बार्षिक साधरण सभाबाट दोस्रो कार्याकालको लागि अध्यक्षमा मगर निर्वाचित भएको हो ।

अध्यक्ष पदको लागि भएको निर्वाचनमा राधिका थापा क्षेत्रीलाई भारी मतले पछि पार्दै थापा निर्वाचित भएको छ ।  ३ सय ६० खसेको मत मध्ये मगरले २ सय ७५ र क्षेत्रीले ४१ मत प्राप्त गर्नु भएको थियो । कुल  ८ सय २८ मत रहेकोमा ४४ मत बदर भएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो । अन्य पदाधिकारीहरु भने निर्विरोध निर्वाचित भएका हुन् ।

संस्थाको उपाध्यक्षमा पञ्चमाया पाख्रिन, सचिव सृजना माया बज्यू, कोषाध्यक्ष रमिला सापकोटा चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा सरस्वती थिङ क्षेत्री, बेलिमाया घलान, इन्द्रिरा श्रेष्ठ, सकुन्तला लामा बल र सुमित्रा स्याङतान चयन भएका छन् ।

संस्थाको लेखा तथा सुपरिवेक्षण समिति संयोजक सुन्दरीमाया दोङ, सदस्यहरु कान्छिमाया लामा र उर्मिला कुमारी लिम्बु चयन भएका छन् ।

जिल्ला बचत संघका सचिव विरेन्द्र प्रसाद ढुङ्गानाले निर्वाचित अध्यक्ष र निर्विरोध चयन भएका पदाधिकारीलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

असोज ३ गते भएको २४ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत नभए पछि शनिबार अध्यक्ष पदमा निर्वाचन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*