मकवानपुरे चेली सँग विवाह बन्धनमा बाँधिदै कलाकार बुद्धि तामाङ

तामसालिङ खबर
६ आश्विन २०७९, बिहीबार २०:४१

असोज, हेटौडा – सुपरिचित हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ विवाह बन्धनमा बाँधिने भएका छन् ।

उनले मकवानपुरकी चेली अनु थिङसँग विवाह गर्न लागिएका हुन् । बुद्धिले अनुसँग मागी विवाह गर्न लागेको बताएका छन् । बुद्धि र अनुबीचको विवाह तामाङ परम्परा अनुसार शुक्रबार कौशलटारको एक पार्टी प्यालेसमा हुने बताईएको छ । तामाङ र थिङ बिच केही समय यता प्रेममा रहेका थिए । उनीहरुको विवाह भोली अर्थात असोज ७ गते हुने भएको छ ।

अभिनेता तामाङले नेपाली दर्शक माझमा आफ्ना थुप्रै हिट चलचित्रहरु दिइरहेका छन् । जसमा ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेज टुल्के, घामपानी, नाइ नभन्नु ल, वीर बिक्रम, जय भोले, वडा नम्बर–६, साँघुरो’ लगायतका थुप्रै सुपरहिट चलचित्रहरु रहेका छन् ।

काभ्रेको तेमाल गाउँपालिका ३ कुडवालमा जन्मिएका तामाङले उनले चलचित्र क्षेत्रमा ११ वर्ष र रंगमञ्चमा १८ वर्ष बिताइसकेका छन् । उनले चलचित्रसँगै ८० भन्दा बढीको संख्यामा म्युजिक भिडियो तथा नाटकमा समेत अभिनय गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*