प्रेस नेपालको अध्यक्षमा मकवानपुरका मनोज ढोडारी चयन

तामसालिङ खबर
६ आश्विन २०७९, बिहीबार ०६:५४

असोज, हेटौंडा – नेपाल समाजवादी पार्टी निकट पत्रकारहरुको संस्था प्रेस नेपालको अध्यक्षमा मकवानपुरका मनोज शर्मा ढोडारी चयन भएका छन् ।

काठमाण्डौंमा सम्पन्न बौद्धिककर्मी महासंघका घटकहरुको पुनर्गठन भेलाले तत्कालिन प्रेस मन्चका उपाध्यक्ष रहेका शर्मालाई अध्यक्ष चयन गरेको हो । हेटौंडा २ निवासी ढोडारी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

बाणिज्य संकायमा स्नातकोत्तरसम्मको अध्ययन गरेर विगत दुई दशक अघिदेखि पत्रकारितामा सक्रिय पत्रकार शर्माले प्रेस नेपालको अध्यक्षको जिम्मेवारी पाएका हुन् । पत्रकार शर्मा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कार्यसमिति सदस्य हुन् । हाल निरन्तर न्युजडटकमका सम्पादक बरिष्ठ रहेका शर्मा संग विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

गोरखापत्र दैनिक, हिमालयन टिभी, हेटौंडा एफएम, मकवानपुर पोष्ट दैनिक, समृद्ध समाज दैनिक, रेडियो आकाशगंग, प्रतिक दैनिक, कृपा दैनिक, लोकतन्त्र सन्देश, साझापोष्ट, खबरमोर्चा साप्ताहिक लगायतका पत्रिकामा रिपोर्टिङ तथा सम्पादन गरेको अनुभव पत्रकार शर्मा संग छ ।

पूर्बप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको सचिवालय बसेर कार्य गरिसकेका पत्रकार शर्मासँग कुटनैतिक र राजनितिक रिपोर्टिङको समेत अनुभव रहेको छ । विभिन्न सञ्चारमाध्यममा आबद्ध भएर आफूले भोगेको अनुभव तथा पत्रकारलाई दक्ष र समृद्धिमुखी बनाउन लागि आफू सक्रियतापूर्वक लाग्ने उनको भनाई छ ।

त्यस्तै संगठनको उपाध्यक्षमा त्यस्तै संगठनको उपाध्यक्षहरुमा बिरेन्द्र साह हिटलर, राम बिनय साह, सत्य प्रकाश यादव महासचिवमा बिदुर ढुगेल उपमहासचिवमा उज्वल पौडेल सचिवमा रमेश पोखरेल र कोषाध्यक्षमा गणेश आचार्य चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा यज्ञ कार्की, मन्जु शाही, सुमित्रा घिमिरे, ललन चौरासिया, सन्जय महर्जन, सन्तोष गौतम, रियाज पौडेल, रामचन्द्र तिम्सेना, लोकश कुमार अधिकारीलगायत रहेका छन् ।

जिम्मेवारी पाएका पदाधिकारीहरुलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बधाई तथा शुभकामना दिएका थिए । आठौँ संविधानन दिवसको अवसरमा भएको कार्यक्रममा डाक्टर भट्टराईले संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीतर्फ संविधान अधुरो रहेको भन्दै संशोधनमार्फत अघि बढ्न समेत अपिल गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*