‘प्रेमगीत ३’ विश्वभरका १२ सय पर्दा लाग्ने

तामसालिङ खबर
६ आश्विन २०७९, बिहीबार ०७:२९

असोज, काठमाडौ – बहुप्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ शुक्रबारबाट नेपाल र भारत एकसाथ रिलिज हुँदैछ ।

नेपालमा नेपाली र हिन्दी तथा भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको फिल्म हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुने निर्माण युनिटले जनाएको छ ।

फिल्म नेपाल र भारत सहित यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायतमा पनि रिलिज हुँदैछ । फिल्मको भारतमा अग्रिम बुकिङ राम्रो रहेको निर्देशन सन्तोष सेनले जानकारी दिए ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*