राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट

तामसालिङ खबर
५ आश्विन २०७९, बुधबार १७:५७

असोज, काठमाडौँ – अधिवक्ता तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका निवर्तमान सदस्य सुनीलरन्जन सिंहले राष्ट्रपतिको कदमविरुद्ध सवोच्चमा रिट दायर गरेका छन् ।

संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अधिवक्ता सिंहले सर्वोच्चमा बुधबार रिट पेस गरेका हुन् । तर, सर्वोच्चले परामर्श गरेर मात्रै रिट दर्ता गर्ने वा नगर्ने विषयमा जानकारी दिने बताएको अधिवक्ता सिंहले बताए ।

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नगरिएको विषयमा सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ताका लागि पेस गरेको र सर्वोच्चको प्रशासनले दर्ता गर्ने या नगर्ने सम्बन्धमा भोलि जानकारी गराउने बताएको सिंहले जानकारी दिए ।

अधिवक्ता सिंहको रिट सर्वोच्चका सहरजिष्टार विमल पौडेलले लिएका छन् । सरकारको प्रस्तावमा संघीय संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*