मनहरीमा भएको नृत्य प्रतियोगितामा युनिभर्सल प्रथम, राष्ट्रिय मावि द्धितीय, मेरीगोल्ड तृतीय

तामसालिङ खबर
५ आश्विन २०७९, बुधबार ०६:५८

असोज, हेटौडा (मनहरी) – मनहरी गाउँपालिकाको बाल अधिकार समितिले आयोजना गरेको नृत्य प्रतियोगितामा युनिभर्सल लर्निङ एकेडेमी प्रथम भएको छ । मनहरीको आधारभूत तह र माध्यमिक तहका ११ वटा विद्यालय सहभागी मंगलबार भएको प्रतियोगितामा मनहरी ७ मा रहेको युनिभर्सलले प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै, मनहरी वडा नम्बर ६ का राष्ट्रिय माध्यमिक विद्यालय द्धितीय, ७ नम्बर वडाका मेरीगोल्ड टाइनिटस इंग्लिस तृतीय भएको थियो। प्रथम, द्धितीय र तृतीय भएकाहरुले क्रमश: नगद १० हजार, ७ हजार, ५ हजार सहित प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा सहभागी भई प्रथम, द्वित्तीय र तृत्तीय हुनेहरुलाई मनहरी गाउँपालिका उपाध्यक्ष एबम् बाल अधिकार समितिकी संयोजक सीता पुलामी मगरले प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभयो ।

निर्णायकहरुमा चलचित्र निर्देशक बाबुराम थिङ ‘बाबु’, मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटा र रोजगार संयोजक शारदा पोखरेल रहनु भएको थियो ।

बाल अधिकार समितिकी संयोजक एबम् गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरेको सभाध्यक्षतामा भएको कार्यक्रममा, पालिका अध्यक्ष रन्जन कालाखेतिको प्रमुख आतिथ्यतामा भएको थियो।

त्यस्तैगरि, महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारीले स्वागत र प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, माइती नेपालकी संयोजक माया लामा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । भदौ २९ गते बाल दिवसका दिन कार्यक्रम तोकिए पनि सो दिन विद्यालयहरुमा परिक्षा चलेकाले नृत्य प्रतियोगिता असोज ४ गतेका लागि सारिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*