नेपाल पार भेटेनरी लाईभष्टकको दोश्रो भेला सम्पन्न

तामसालिङ खबर
२ आश्विन २०७९, आईतवार ०८:५१

असोज, हेटौडा – नेपाल पार भेटेनरी एण्ड लाईभष्टक एशोसिएसन बागमती प्रदेशको दोश्रो प्रदेश स्तरीय भेला शनिबार हेटौडामा भएको छ ।

भेलामा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी बिकाश मन्त्रालयका माननीय मन्त्री बसुन्धरा हुमगाईको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल पार भेटेनरी एण्ड लाईभष्टक एशोसिएसन बागमती प्रदेशका संयोजक मुकुन्द कुमार खड्काको अध्यक्षतामा भएको थियो ।

भेलालाई संबोधन गर्दै मन्त्री हुमगाईले नेपाल पार भेटेनरी एण्ड लाईभष्टक एशोसिएसन संगको सहकार्यमा मन्त्रालयले बिषयगत कार्यक्रमहरु गर्न तयार रहेको बताउनु   भयो ।

सबै जना मिलेमा कृषकहरुको समस्या समाधान गर्न सजिलो हुने बताउदै मन्त्री हुमगाईले नेपाल पार भेटेनरी एण्ड लाईभष्टक एशोसिएसन बागमती प्रदेशको भेलाको सफलताको शुभकामना दिनु भएको थियो । भेलाले नयाँ कार्य समिति समेत गठन गरेको छ ।

समितिको बागमती प्रदेशको संयोजकत्वमा पुन: मुकुन्द कुमार खड्का चयन भएकाछन् भने सदस्यहरुमा रसुवाबाट बुद्धी न्यौपाने,धादिगबाट रोशिना अधिकारी,चित्तवनबाट रमेश सिबाकोटी,बिकाश थापा,मकवानपुरबाट प्रदीप सापकोटा र देबराज पराजुली,काभ्रेबाट पुरुषोत्तम घिमिरे,सिन्धुलीबाट मिन बहादुर थापा चयन भएकाछन भने महिला बिभागमा कान्ता तोलगेको संयोजकत्वमा समिति चयन भएको छ ।

महिला बिभाग सहसंयोजकमा मकवानपुरबाट सुस्मिता अधिकारी र सदस्यहरुमा आशिका तामाग मकवानपुर,भगवती बानियाँ कालिका नगरपालीका चित्तवन,निर्मलाा प्रधान रामेछाप,संगीता मगर दोलखा,बिमला अधिकारी सिन्धुपाल्चोक,श्रजना सुर्खेती मकवानपुर,अन्जना भण्डारी चित्तवन,सपना अछामी भरतपुर,सुरेखा चौधरी काठमाण्डौ चयन भएकाछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*