आजदेखि प्रतिनिधि र प्रदेश सभा चुनावका लागि प्रक्रिया सुरु

पत्रपत्रिकाबाट
२ आश्विन २०७९, आईतवार ०८:४०

असोज, काठमाडौ – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि प्रक्रिया सुरु भएको छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आजदेखि समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको बन्दसूची पेस गर्दैछन् ।

आयोगले राजनीतिक दलहरूलाई समानुपातिक तर्फको बन्दसूचीमा नाम पेस गर्न आज र भोलि दुई दिनको समय छुट्याएकाे छ ।

राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ ।

त्यसैगरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको नाम पेस गर्नुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया निर्वाचन आयोगको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

प्रत्यक्ष तर्फको निर्वाचन प्रक्रिया सुरु गर्न आयोगले असोज ११ गते निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत नियुक्त गर्नेछ । असोज २३ गतेदेखि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सुरु हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*