संघ र प्रदेशको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता

तामसालिङ खबर
३१ भाद्र २०७९, शुक्रबार २१:०६

भदौ, काठमाडौ – निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रवार अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।

यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो । आयोगका अनुसार कुल संख्यामध्ये ८८ लाख ४७ हजार ५ सय ७९ महिला, ९१ लाख ४० हजार ८ सय ६ पुरुष र १ सय ८५ जना अन्य रहेका छन् । यस्तै १० हजार ८ सय ९१ मतदान स्थल र २२ हजार २ सय २६ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।​

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*