हेटौंडाकी बारिसालाई भेट्ने भारतीय अभिनेत्री रश्मिकाको चाहना

तामसालिङ खबर
३० भाद्र २०७९, बिहीबार १६:४४

भदौ, हेटौंडा – दक्षिण भारतको चलचित्र ‘पुष्पा’की अभिनेत्री रश्मिका मन्दनाले आफू अभिनित चलचित्र पुष्पाको ‘सामी सामी’ बोलको गीतमा अभिनय गरेका नेपाली बालबालिकाहरुलाई भेट गर्न चाहेको उल्लेख गरेकी छन् ।

नेपाली बालबालिकाहरुले नाँचेको भिडियो अहिले टिकटक लगाएत फेसबुक, ट्वीटर लगाएत सामाजिक संजालमा भाइरल भएको छ । आफू अभिनित ‘सामी सामी’ गीतमा बालबालिका नाँचेको मन परेपछि अभिनेत्री रश्मिका ट्वीटरमा रिट्वीट गर्दै ‘म यो प्यारीलाई भेट्न चाहन्छु, म कसरी गर्न सक्छु ?’ भन्दै प्रश्न समेत गरेकी छन् ।

उक्त भिडियोमा देखिएका बालबालिकाहरु मकवानपुरको हेटौंडा-९ स्थित रस्सल एकेडेमीको यूकेजीमा अध्ययनरत बारिसा क्षेत्रीलगायत यूकेजी समूहका विद्यार्थीहरु हुन् ।

विद्यालयको अतिरिक्त क्रियाकलापमा बारिसा लगायत उनका साथीहरुले नाच्दै गरेको भिडियो सोही विद्यालयकी तत्कालीन शिक्षिका रोशनी कार्कीले ७ महिना अघि कैद गरेकी थिइन् । कार्कीले उक्त भिडियो ५ दिन अघि टिकटकमा पोस्ट गरेकी थिइन् । उक्त भिडियोलाई धेरै बलियुड कलाकारहरुले शेयर गर्दै मन परेको प्रतिक्रिया दिइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*