बलात्कार आरोपित सन्दीप लामिछाने सम्पर्कविहीन

तामसालिङ खबर
२९ भाद्र २०७९, बुधबार ०९:२८

भदौ, काठमाडौं – नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने सम्पर्कविहीन भएका छन् । केन्याबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज पुगेका लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

आरोप लागेसंगै सीपीएल खेलबाट बाहिरीएका लामिछानेले शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत आफु निर्दोष रहेको र स्वदेश फर्किएर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर आरोप लागेको एक साता पुग्दै गर्दासम्म पनि सन्दीप सम्पर्कविहीन भएका छन् ।

लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले कालोसूचीमा राखेको छ । बलात्कार आरोपमा जाहेरी परेसंगै राष्ट्रिय टिमबाट निलम्बनमा परेका लामिछानेलाई अध्यागमनले कालोसूचीमा राखेको हो । विमानस्थलबाटै पक्राउ गर्नका लागि कालोसूचीमा राखिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

सन्दीप गएको शुक्रबार अन्तिम पटक नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको सम्पर्कमा आएका थिए। तर त्यसपछि सन्दीप सम्पर्कमा नरहेको क्यानले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*