कालीकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन

तामसालिङ खबर
२९ भाद्र २०७९, बुधबार ०५:२६

भदौ, मान्म – यस वर्ष कालीकोटमा मनग्य स्याउ उत्पादन भएन । स्याउ उत्पादन गरेर राम्रो आम्दानी लिन थाले तर उत्पादन भने राम्रो भएन ।

चालु आर्थिक वर्षमा कालीकोटको एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैँचाले अहिले नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । नौ सय हेक्टर क्षेत्रफलमा किसानले सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ ।

जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, रास्कोट नगरपालिकामा स्याउ उत्पादन हुने गरेको छ । किसानले भदौ पहिलो साता नै बिक्री सुुरु भए र जिल्लाको तिलागुुफा नगरपालिका–१० का अगुवा किसान कृष्णबहादुर शाहीले बताउनुभयो । “यहाँका अधिकांश किसानले स्याउको बगैँचा रहेको छ ।” उनले भने, “स्याउ सिजनमा प्रत्येक परिवारको ? ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी लिनुहुन्छ ।”

किसानलाई स्याउका बिरुवामा ७० प्रतिशत कृषि विकास कार्यालयको अनुदान र ३० प्रतिशत किसानको लगानीमा स्याउका बिरुवा वितरण गर्ने गरिरहेको कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालाराम देवकोटाले बताए।

स्याउ किसानले अहिले बगैँचामै प्रतिकेजी रु ६० देखि रु ७० प्रतिकिलो बिक्री गर्ने गरेको तिलागुफा नगरपालिका–४ का स्याउ किसान बेगम शाहीले बताए। “गत साल बराबार अहिले स्याउ फलेन ।” उनले भने, “सोचेअनुसार नफले पनि घाटामा कुनै किसान पनि गएको छैन ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*