समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक

तामसालिङ खबर
२७ भाद्र २०७९, सोमबार ११:३८

भदौ, काठमाडौं – निर्वाचन आयोगले प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नु पर्नेछ ।

उक्त बन्दसूची माथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने छ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ । दलहरुले बन्द सूची सच्याएर असोज १० गतेदेखि १६ गतेसम्म पेश गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*