प्रदेश सभा सदस्य माझीले छाडिन राप्रपा

तामसालिङ खबर
२७ भाद्र २०७९, सोमबार ०७:२७

भदौ, हेटौंडा – बागमती प्रदेश सभा सदस्य रिता माझीले राष्ट्रिय प्रजातन्त्र पार्टी त्याग गरेकी छिन् । राप्रपाबाट प्रदेश सभा सदस्य बनेकी उनी एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टी छोडेकी हुन् ।

प्रदेश सभा बैठकमा पार्टीको सिद्धान्त र प्रदेश सभाले गरेका क्रियाकलापको विषयमा आवाज उठाउदैं आएकी नेतृ माझीले राप्रपा बाहिरबाट हेर्दा मोटाएको जस्तो देखिने तर भित्रभित्रै रोगले सुन्निएको अवस्थाबाट गुज्रिरहेको भन्दै भावना शुन्य विचारहिन राप्रपामा निर्वाचित केन्द्रीय सदस्य सहित साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको बताइन् ।

बिज्ञप्ति हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*