तामाङ राष्ट्रिय मुक्ति मोर्चा भीमफेदीको अध्यक्षमा जगत मोक्तान

तामसालिङ खबर
२६ भाद्र २०७९, आईतवार ०८:४९

भदौ, हेटौडा (भीमफेदी) – तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको भीमफेदी गाउँपालिकामा गठन भएको छ । शनिबार भीमफेदी गाउँपालिकाको धोर्सिङ्गमा भएको भेलाले जगत मोक्तानको अध्यक्षतामा २५ सदस्यीय गाउँ कमिटि गठन गरिएको हो।

मोर्चाको उपाध्यक्षद्वयमा सुमन गोङ्बा, लेखाराम डिम्डुङ, सचिब कृष्ण वाइबा, कोषाध्यक्ष कमला गोले लामा चयन भएका छन्। त्यस्तै सदस्यहरुमा तर्कु छिरिङ थिङ्ग, मगलबहादुर थिङ, अप्रेश लामा, पवन घिसिङ, नारायण रुम्बा लामा, खेम बहादुर लामा, दिपक थिङ, सुर्य घलान, साइलीमाया तितुङ, सुर्यबहादुर स्याङ्तान, समिर भोम्जन, सरिर भोम्जन लगायत रहेका छन्।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य तथा भीमफेदी गाउँपालिका इन्चार्ज अप्सरा लोप्चनको प्रमुख आतिथ्यतामा तथा भीमफेदी गाउँपालिका संयोजक जगत मोक्तानको अध्यक्षता भेला भएको थियो।

भेलामा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका बागमती प्रदेश सचिब लिलाकुमार घलान, मोर्चाको जिल्ला संयोजक आत्माराम मोक्तान, नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका अध्यक्ष बद्रीबहादुर स्याङ्तान, सचिब रञ्‍जित राना, लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*