प्रेस सेन्टर नेपाल वागमती प्रदेशको तेस्रो पूर्ण बैठक सकियो, निर्वाचन केन्द्रित हुन आह्वान

तामसालिङ खबर
२६ भाद्र २०७९, आईतवार ०६:४८

भदौ, काठमाण्डौ – प्रेस सेन्टर नेपाल वागमती प्रदेश समितिको तेस्रो पूर्ण बैठक काठमाडौंमा बसेको छ । बैठकले संगठनलाई चलायमान र गतिशिल बनाउन महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको एजेण्डा र भूमिकालाई सर्वसाधारण माझ प्रभावकारी रुपमा पुर्याएर उम्मेदवारलाई विजयी गराई पार्टीलाई नयाँ उचाईमा लैजानका लागि प्रेस सेन्टर नेपाल वागमती प्रदेश कमिटीले प्रदेशभरका जिल्ला समन्वय समितिलाई आह्वान गरेको छ ।

बैठकमा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान) मा संगठनबाट निर्वाचित भएकाहरुलाई बधाई तथा सम्मान गरिएको थियो । प्रदेश कमिटि अन्तर्गत रहेका जिल्ला समन्वय समितिका अध्यक्षहरुले प्रेस सेन्टर नेपालको अवस्था, पार्टी सँगको सहकार्य,सञ्चारमाध्यको अवस्था, नयाँ अभियान, पालिकास्तरमा समिति निर्माणको अवस्था, पत्रकार महासंघमा उपस्थिति, स्थानीय तहको निर्वाचनको अनुभव तथा समस्याका बारेमा रिर्पोटिङ गरेका थिए ।

यसैगरी बैठकले प्रदेश समिति सदस्यमा मकवानपुरबाट भावना रिजाल र दामु चौलागाईलाई थप गर्ने निर्णय गरेको छ । वागमती प्रदेश समन्वय केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा संगठनका केन्द्रीय सदस्यहरुको संयोजकत्वमा परिचालन गर्ने र केन्द्रीय सदस्यहरुसँग प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला समन्वय समितिसँग सहकार्य गरेर निर्वाचनमा उम्मेदवारका पक्षमा व्यापक प्रचारप्रसार र सकारात्मक माहोल तयार गर्ने निर्णय गरेको छ ।

बैठकका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका इञ्चार्ज महेश्वर दाहालले आगामी निर्वाचनमा पार्टीको निर्णयको पक्षमा उभिएर काम गर्न निर्देशन दिनुभएको थियो । बैठकका विशिष्ट अतिथि प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुु सापकोटा (जुगल) ले प्रदेश, जिल्ला समितिलाई थप क्रियाशिल बनाएर अब निर्वाचन केन्द्रीत अभियानमा लाग्न निर्देशन दिनुुभयो ।

उहाँले संगठनको नीति सिद्धान्तलाई कार्यन्वयन नगर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिनुुभयो । संगठनका विरुद्ध लाग्ने र क्रियाशिल नहुनेहरुलाई कुनै मौका नदिने उल्लेख गर्दै उहाँले पार्टीसँग जोडिएर केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश समितिले आ-आफ्नो भुगोलमा रहेर निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी खटिन निर्देशन दिनुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्य तथा वागमती प्रदेश समन्वय केन्द्र प्रमुख लक्ष्मण खड्का, उपाध्यक्ष तथा उपत्यका समन्वय केन्द्र प्रमुख निर्मल ज्ञावाली, उपाध्यक्ष तथा प्रतिष्ठान समन्वय प्रमुख विदुर खड्का, महासचिव सन्तोष पौडेलले महत्वपूर्ण विषयमा आफ्नो मन्तव्य राख्नु भएको थियो ।

बैठकमा प्रेस सेन्टर नेपालका सल्लाहार तथा वरिष्ठ पत्रकार भवानी बराल, नेकपा माओवादी केन्द्र वागमतीका सहसचिव तथा संगठनको प्रदेश फ्याक्सन इञ्चार्ज समिर, संगठनका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, संगठनका सचिव सुनिल खड्का, प्रल्हाद पोखरेल, ग्याम्जो लामाको आतिथ्यता रहेको थियो ।

बैठक वागमती प्रदेश समितिका अध्यक्ष यदुनाथ गौतमको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका नेता तथा प्रेस सेन्टर नेपालका इञ्चार्ज महेश्वर दाहालको प्रमुख आतिथ्यतामा भएको बसेको थियो । संगठन प्रदेशका महासचिव ध्रुव अधिकारीले सञ्चालान गर्नुभएको बैठकमा उपाध्यक्ष अञ्जु तामाङले स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*