नेपालमा काम गरेर विदेशीले लैजान्छन् आठ अर्ब

पत्रपत्रिकाबाट
२६ भाद्र २०७९, आईतवार ०७:३९

भदौ, काठमाडौं – नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठुलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुक मात्र भने होइन ।

नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौँ रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८\७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो । विश्व बैङ्कले पनि सन् २०२० मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालबाट त्यतिबेला विप्रेषणका रूपमा चार करोड ४१ लाख ९ करिब साढे पाँच अर्ब रुपियाँ अमेरिकी डलर बाहिरिएको छ ।

त्यसअघि सन् २०१९ मा छ करोड, २०१८ मा चार करोड ९४ लाख, २०१७ मा तीन करोड ३४ लाख, २०१६ मा दुुई करोड र २०१५ मा ९० लाख अमेरिकी डलर रहेको विश्व बैङ्कको तथ्याङ्क छ ।

यद्यपि औपचारिक माध्यमबाट बाहिरिएकोभन्दा धेरै रकम अनौपचारिक माध्यमबाट बाहिरिइरहेको अनुमान राष्ट्र बैङ्कका प्रवक्ता डा। गुणाकर भट्टको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*