मंसिर ४ मा हुने निर्वाचन कार्यतालिका सार्वजनिक

तामसालिङ खबर
२४ भाद्र २०७९, शुक्रबार ०६:२१

भदौ, काठमाण्डौ – आगमी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक तालिका अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार दशैंको टीकाको ४ दिनपछि अर्थात कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुनेछ। दशैंको लामो विदापछि २३ गते नै कार्यालय खुल्नेछ।

त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ। २६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय, अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि पाउने कार्यतालिकामा छ ।

निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय २ असोजलाई तोकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*