प्राविधिक शिक्षाको विकासमा प्रदेश सरकार प्रतिबद्ध छ – मन्त्री मोक्तान

राजकुमार केसी
२३ भाद्र २०७९, बिहीबार २०:२५

भदौ, धादिङ – बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले प्राविधिक शिक्षाको बिकास गर्नको लागि प्रदेश सरकार प्रतिबद्ध भएको बताउनुभएको छ ।

मन्त्री मोक्तानले बिहीवार धादिङको गजुरीमा रहेको प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद् (सिटिभिटि)ले कृषि तथा बाली बिज्ञान विषयको अध्ययनको लागि निर्माण गरेको ग्रीन हाउस उद्घाटनका क्रममा प्राबिधिक शिक्षाले स्वरोजगार हुन सहयोग गर्ने भएको हुँदा प्रदेश सरकारले प्राबिधिक शिक्षालाई जोड दिने बताउनु भएको  हो ।

मन्त्री मोक्तानले बिहिबार नै बागमती प्रदेश सरकारको सहयोगबाट सन्चालन भएको शंखादेबी आबासीय माबि माझिमटारको अनुगमन तथा निरिक्षण गर्नुभएको थियो ।

त्यस्तै, धादिङको गजुरी गाउँपालिकाले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रमामा सहभागी भइ सामाजिक बिकास मन्त्रालयको सहयोगमा निर्माण भएको आदर्श बहुमुखी क्याम्पसको अनुगमन, निरीक्षण गरी पुर्वाधार बिकास संगै गुणस्तर सुधार गर्न मन्त्री मोक्तानले सुझाब दिनुभयो । त्यस्तै गरि, सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरीको अनुगमन, निरीक्षण सहित प्रभावकारी ढंगले कार्य गर्न सुझाव दिनुभयो ।

अनुगमनमा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरीका प्रमुख दिपेन्द्र सुबेदी, गजुरी गाउँपालिकाको उपाध्यक्ष, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*