वर्ल्ड ट्रेड सेन्टरको होर्डिङ बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

तामसालिङ खबर
२१ भाद्र २०७९, मंगलवार ०६:४८

भदौ, काठमाडौ – उच्च अदालत पाटनले वर्ल्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय होर्डिङ बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ।

शकुन्तलाल हिराचनले दिएको रिटमा न्यायाधीश श्यामजी प्रधानको इजलासले बुधबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएको पाटन उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

उनका अनुसार बुधबार दुवै पक्षलाई उपस्थित हुन इजलासले भनेको छ । रिट निवेदक र महानगर दुवै पक्षको बहस सुनेर यो विषयमा अन्तरिम आदेश हुने वा नहुने निर्णय गर्ने छ ।

आफूसँग गरेको सम्झौता विपरीत महानगरले होर्डिङ बोर्ड हटाउने निर्णय बदर गर्न माग गर्दै हिराचन उच्च अदालत पाटन गएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*