माओवादी केन्द्र मकवानपुरले प्रतिनिधि सभा तर्फ ५ जनाको नाम सिफारिस

प्रदेश सभाको लागि नाम चयनको छलफलमा
तामसालिङ खबर
२० भाद्र २०७९, सोमबार १९:५२

भदौ, हेटौडा – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेदवारहरु चयनको लागि प्रदेश कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार जिल्ला पार्टी कार्यालय हेटौडामा मंगलबार बसेको बैठकले मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को लागि प्रत्यक्ष तर्फ संबिधानसभा सदस्य प्रल्हाद लामिछाने, जीवन गोले, बसन्त कुमार लामालाई सिफारिस गरेको छ ।

त्यस्तै, क्षेत्र नम्बर २ को लागि पुर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी र पार्टीका पोलिटब्युरो कुमारी मोक्तान लाई सिफारिस गरेको छ ।

त्यस्तै गरि, प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फको नाम चयनको लागि छलफल भईरहेको जिल्ला समन्वय समितिका सचिब भिम पाख्रीनले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*