एमाले मकवानपुरले प्रतिनिधि सभाका लागि ८ जना, प्रदेश तर्फ २३ जनाको नाम सिफारिस

तामसालिङ खबर
१९ भाद्र २०७९, आईतवार १५:४४

भदौ, हेटौँडा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले दुइ वटा प्रतिनिधि सभाको लागि ८ जना, ४ वटा क्षेत्र रहेको प्रदेश सभामा २३ जनाको नाम सिफारिस गरेको छ ।

शनिबार हेटौँडामा भएको क्षेत्र नम्बर १ क्षेत्रीय समन्वय कमिटिको बैठकले वर्तमान सांसद कृष्ण प्रसाद दाहाल सहित ५ जनाको नाम सिफारिस गरेको हो । बैठकले एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, जिल्ला सचिवालय सदस्य मदन दाहाल तथा जिल्ला नेताहरु नरहरि महत तथा रमिला सापकोटाको नाम सिफारिस गरेको हो ।

त्यस्तै, प्रदेश सभा तर्फ बैठकले मकवानपुर क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’ लागि १६ जनाको नाम सिफारिस गरेको छ । १ को ‘क’ उम्मेदवारको लागि नारायणप्रसाद सापकोटा, कमल विष्ट, अणराज जर्गा मगर, सिता विष्ट, दिलबहादुर घिसिङ, राजकुमार तिमल्सिना, कृष्णप्रसाद चौलागाई र दिपक न्यौपानेको नाम सिफारिस हुँदा १ को ‘ख’ का लागि रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकालाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक र कुमार केसीको नाम सिफारिस भएको छ ।

त्यस्तै गरि, प्रतिनिधि सभा क्षेत्र नम्बर २ को लागि तीन जनाको नाम सिफारिस गरेको छ । बैठकले नेकपा एमाले बागमती प्रदेश उपसचिव महेशकुमार बर्तौला, बागमती प्रदेश सदस्य सुवासचन्द्र ठकुरी र एमाले नेता बुद्धरत्न मानन्धरको नाम सिफारिस गरेको हो ।

प्रदेश सभा तर्फ क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’ को उम्मेद्वारको लागि ७ जनाको नाम सिफारिस गरेको छ । २ को ‘क’ लागि बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम सिफारिस गर्दा २ कै ‘ख’ का लागि लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्काको नाम सिफारिस गरेको एमाले मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*