काभ्रेमा काँग्रेसबाट १ सय ३६ जना उम्मेदवार सिफारिस

तामसालिङ खबर
१९ भाद्र २०७९, आईतवार ०६:५५

भदौ, काभ्रे – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले १ सय ३६ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । काभ्रेमा १ सय ३५ वटा वडा रहेकोमा काँग्रेसको उम्मेदवार सिफारिस एक वडा एक उम्मेदवार बाँड्दा पनि बढी भएको छ ।

आकांक्षीहरु बढी भएपछि जस्ताको तस्तै जिल्लामा सिफारिस भएको काँग्रेसले जनाएको छ । पार्टीको मुल्य मान्यता भन्दा पनि व्यक्तिवाद हावी भएकोले उम्मेदवार सिफारिसमा धेरै जनाको नाम परेको काँग्रेस स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा बधाई र शुभाकामना पाउनका लागि भए पनि सिफारिस गर्न लगाउनेको संख्या धेरै रहेको स्रोतले बतायो ।

काँग्रेसले शुक्रबार प्रतिनिधि सभा क्षेत्र न १ को क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार सिफारिसको विवरण टुंगो लगाएको थियो भने शनिबार प्रतिनिधि सभा क्षेत्र न २ को क्षेत्रीय कार्यसमितिले पनि उम्मेदवार सिफारिसको विवरण टुंगो लगाएको थियो ।

प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत को-को परे सिफारिसमा
काभ्रे प्रतिनिधि सभा क्षेत्र न १ का लागि नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तिर्थ लामा प्रत्यक्ष तर्फको उम्मेदवार सर्वसम्मत चयन भएका छन् । जिल्लामै एक जना मात्र सर्वसम्मत उम्मेदवारको रुपमा लामा मात्र सिफारिस भएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को समानुपातिक तर्फको उम्मेदवारमा हर्षजित लामा, इन्द्रमणि अधिकारी, रमेश प्रसाद हुमागाईं, ललिता किङरिङ मगर, मिरा नेपाली, गोबिन्द बहादुर थापा, आस्विन प्रसाद चौलागाईं, कान्छा लामा, उस्पर सुनार, बिष्णुमाया पुलामी, रशिला खनाल, बाबुराम गिरि, राम कुमार श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रदेश सभा क र ख मा सिफारिस भएका विवरण
प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ गुणराज मुक्तान, राम योन्जन, सिबि लामा, दिनेश भुर्तेल र रबिन गौतमको नाम सिफारिस गरेको छ ।

त्यस्तै गरि प्रदेस सभा १ क बाट समानुपातिक (महिला) तर्फ स्मिता लामा (जनजाति महिला), शान्ति लामा (जनजाति महिला), दुर्गामाया लामा (जनजाति महिला), लक्ष्मी कुमारी उप्रेती बर्तौला (महिला), सावित्री ठाडा थापा मगर (जनजाति महिला), पबित्रा लामा (जनजाति महिला), सुनिता तामाङ (जनजाति)को नाम सिफारिस गरेको छ भने समानुपातिक पुरुष तर्फ शंखबुद्ध लामा (जनजाति), सलाम सिं. तामाङ (जनजाति), गुमान सिं. लामा तामाङ (जनजाति), बिलाम मुक्तान (जनजाति), बिकास योन्जन (जनजाति), बलराम सापकोटा (खसआर्य), मुक्ते लामा (जनजाति) को नाम सिफारिस गरेको छ।

त्यस्तै गरि प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फका लागि सार्किमान बल, गणेश लामा, तिर्थ बहादुर पशखल, रबिन्द्रनाथ सिग्देल, सन्जय लामा, ईश्वरी प्रसाद ओझा, सुमनराज पाण्डेको नाम सिफारिस गरेको छ ।

प्रदेश सभा सदस्य उम्मेदवार काभ्रे १ (ख)बाट समानुपातिक तर्फबाट सन्तमान तामाङ, उद्धव प्रसाद कोईराला, जयन्ती हुमागाई, अन्जु रन्जित, सुदर्शन अधिकारी, मिना लामा, हरि बहादुर लामा बल, बिक्रम लामा, शंकरदास लामा, रोशन तामाङ, भोला थापा, सुरज तिमल्सिना, जगन्नाथ गिरि, रोशनराज पाण्डे, कल्पना सत्याल, राजेन्द्र प्रताप अर्याल, भरत प्रसाद बञ्जरा, शान्ता पाठक नराल, भोला प्रसाद भट्टराईको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ अन्तर्गतका विवरण
त्यस्तै गरि नेपाली काँग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ प्रत्यक्ष तर्फ मधु प्रसाद आचार्य, शिव प्र. हुमागाई, अच्युत प्रसाद पौडेल, राम्जी पन्त मुकेश, ठाकुर प्रसाद न्यौपानेको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभा क्षेत्र नं.२ समानुपातिक तर्फ प्रचण्डराज प्रधान, डा. राम थपलिया लिला नेपाल, बेल ब लामा, मन्जु कुमार कोजु, कमला थापा, मनिस सोजु, सुमित्रा परियार दर्जी, रिता गौतम दाहाल, सरस्वती वैध्य, राम प्यारि पोटे अवाले, विरता श्रेष्ठ, बल ब तामाङ, सुस्मिता नेपाली, संजिता दनुवार, उदय केसि, पुण्य प्रसाद रिजाल, प्रविण धिताल प्रविण, कुमार श्रेष्ठ, राजेश लामा, माधव प्रसाद कोईराला, कुमार लामिछाने, गणेश अधिकारी, सावित्री लामिछाने, मान ब तामाङ को नाम सिफारिस गरेको छ।

प्रदेश सभा क र ख मा सिफारिस भएका विवरण
प्रदेश सभा सदस्य उम्मेदवार क्षेत्र न. २ (क) प्रत्यक्ष तर्फ सुन्दरमणि आचार्य, होम प्र चौलागाई को नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ हेम कुमार तामाङ, उमेश बानियाँ, जित कृष्ण घिनाञ्जु श्रेष्ठ, शान्ति लक्ष्मी श्रेष्ठ, मन्जु शाह ठकुरी, माईली दनुवार, दिल बहादुर तामाङ, सिताराम परियार, सुनिता तामाङ, प्रकाश तामाङ, तस्बिर लामा, लिला नेपाल, प्रल्हाद थापा, किरण श्रेष्ठ, शान्ता क्षेत्री, नारायण प्रसाद न्यौपाने, जानुका नेपाल, नवराज सुवेदी, लक्ष्मी दनुवार, नारायण सापकोटा, राजन कार्की, खीलप्रसाद तिमल्सिनाको नाम उम्मेदवार चयनको लागि सिफारिस गरेको छ ।

प्रदेश सभा सदस्य उम्मेदवार चयनको लागि क्षेत्र न. २ (ख) प्रत्यक्ष तर्फ कन्चनचन्द्र बादे श्रेष्ठ, माधव प्रसाद ढकाल, कृष्णगोपाल भैल, उद्धव प्रसाद नेपाल, ईश्वरी बादेको नाम सिफारिस भएको छ ।

त्यस्तै समानुपातिक तर्फ कृष्णबुद्ध बजगाई, चन्द्र ढकाल, केशव प्रसाद तिमल्सिना प्रेम बहादुर तिमल्सिना, रामेश्वर ढकाल, देवि प्रसाद डोटेल, सुमन थापा, रामहरि श्रेष्ठ, राम कुमार मुल्मि योगेन्द्रनाथ कर्माचार्य, रोशन लामा, कमल तामाङ, प्रकाश चन्द्र जोशी, सुरकृष्ण वैद्य, मन्जु घिमिरे आचार्य, कल्पना ढकाल, निर्मला श्रेष्ठ, गोमा गोलेको नाम सिफारिस गरेको छ । – तेमाल अनलाईन बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*