एमाले मकवानपुरले प्रदेश सभाको लागि २३ जनाको नाम सिफारिस

तामसालिङ खबर
१८ भाद्र २०७९, शनिबार ०७:३७

भदौ, हेटौंडा – नेकपा एमाले मकवानपुरले प्रदेश सभा निर्वाचनको लागि २३ जनाको नाम सिफारिस गरेको छ ।

शुक्रबार दिउँसो भएको क्षेत्रीय समन्वय समितीको बैठकले २ क्षेत्रको प्रत्यक्षतर्फ ४ प्रदेश सभा सदस्यको लागि २३ जनाको नाम उम्मेद्वारको लागि सिफारिस गरेको हो ।

क्षेत्रीय समन्वय समितीको बैठकले मकवानपुर क्षेत्र नंबर १ को ‘क’ र ‘ख’ लागि १६ जनाको नाम सिफारिस गरेको छ । १ को ‘क’ उम्मेद्वारको लागि नारायणप्रसाद सापकोटा, कमल विष्ट, अणराज जर्गा मगर, सिता विष्ट, दिलबहादुर घिसिङ, राजकुमार तिमल्सिना, कृष्णप्रसाद चौलागाई र दिपक न्यौपानेको नाम सिफारिस हुँदा १ को ‘ख’ का लागि रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकालाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक र कुमार केसीको नाम सिफारिस भएको छ ।

यसैगरि, क्षेत्रीय समन्वय समिती बैठकले क्षेत्र नंबर २ को ‘क’ र ‘ख’ को उम्मेद्वारको लागि ७ जनाको नाम सिफारिस गरेको छ ।
२ को ‘क’ लागि बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम सिफारिस गर्दा २ कै ‘ख’ का लागि लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्काको नाम सिफारिस गरेको एमाले मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*