नेकपा माओवादी सिन्धुली संयोजक पौडेल सहित ४ सय ५० जना एमालेमा प्रवेश

तामसालिङ खबर
१६ भाद्र २०७९, बिहीबार ०७:०६

भदौ, सिन्धुली (मरिन) – नेकपा माओवादी केन्द्र सिन्धुली जिल्ला समन्वय संयोजक रामकुमार पौडेल, केन्द्रिय सदस्य मिथिला फुयाल सहित ४ सय ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेकपा एमाले जिल्ला कमिटि सिन्धुलीको आयोजनामा मरिन गाउपालिकामा भएको बृहत सभामा माओवादी केन्द्रको केन्द्रीय सदस्य, जिल्ला संयोजक, सदस्य युबराज श्रेष्ठ, मरिण गाउँकमिटि अध्यक्ष गोपाल बुढाथोकी नेतृत्वमा एमाले प्रवेश गरेका छन्।

पार्टी प्रबेश गर्ने सबैलाई एमाले केन्द्रीय महासचिव शकर पोखरेलले ले स्वागत गरेका थिए । पछिल्लो समय स्थानिय तह निर्बाचनमा मरिण गाउँपालिका तथा हरिहरपुरगढि गाउँपालिकामा पुर्बजनमोर्चाका माओबादी नेता तथा कार्यकर्तामा असन्तुष्टि बढेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*