माओवादी केन्द्रकाे सिन्धुली संयोजकमा बम्जन

तामसालिङ खबर
१६ भाद्र २०७९, बिहीबार ०७:१३

भदौ, सिन्धुली – नेकपा माओवादी केन्द्रका सिन्धुली जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारी पानीराज बम्जनलाई दिइएको छ ।

बुधबार बसेको बागमती प्रदेशको बैठकले पार्टीको जिल्ला समन्वयको संयोजकमा मरिण गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहनु भएका बम्जनलाई जिम्मेवारी दिएको हो ।

बुधबार जिल्ला संयोजक रामकुमार पौडेल एमालेमा प्रवेश गरेपछि संयोजकको जिम्मा बम्जनलाई प्रदान गरिएको हो । ०७४ सालको स्थानीय निर्वाचनमा मरिण गाउँपालिकाको अध्यक्षमा उहाँ निर्वाचित हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*