साहित्यकार पाठक प्रतिनिधिसभाको चुनावमा केपी ओली संग लड्ने

तामसालिङ खबर
१२ भाद्र २०७९, आईतवार १९:०३

भदौ, हेटौडा – साहित्यकार तथा लेखक दीपक पाठक (युग) नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सँग चुनाव लड्ने भएका छन् । वामपन्थी लेखक पाठकले चुनाव लड्नका लागि निकटस्थहरु सँग छलफल तीव्र बनाएका छन् ।

उनले स्थानीय नेता युक्त भेटवाल देखि माओवादी केन्द्रबाट झापा क्षेत्र नम्बर ५ मा दाबी प्रस्तुत गर्दै आएका रञ्जित तामाङ लगायत सँग निरन्तर छलफलमा छन् । पाठकले चुनाव लड्नेबारे निरन्तर छलफल भइरहेको र छिट्टै नयाँ वैचारिक प्रस्तावना सहित उम्मेदवारी घोषणा गर्ने पक्षमा आफू रहेको बताए ।

‘सरसल्लाह भइरहेको छ । तर यत्तिकै घोषणा भन्दा पनि आफ्नो विचार सहित भन्ने हो’, उनले भने, ‘चुनाव लड्न सजिलो काम होइन । सम्बन्धित पार्टीका नेता सँग पनि छलफल गर्नुपर्छ ।’ उनले चुनाव लड्नका लागि गठबन्धनको सहयोग खोजेका छन् । झापा-५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*