तीजको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री

तामसालिङ खबर
१० भाद्र २०७९, शुक्रबार ०७:५९

भदौ, हेटौंडा – नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला महिला विभागले तीजको अवसरमा हेटौंडा-१६, शक्तिखोलास्थित बीपी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बिहीबार संगठनका जिल्ला अध्यक्ष श्रीराम दाहालसहितको समूह विद्यालय नै पुगेर सहयोग सामग्री हस्तान्तरण गरेको हो । बीपी आधारभूत विद्यालयमा अध्ययनरत ८६ जना विद्यार्थीलाई ३५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिएको हो ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ठाकुर नेपाल, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*