नेता बानियाको सहयोगमा कृत्रिम खुट्टा

तामसालिङ खबर
१० भाद्र २०७९, शुक्रबार ०७:५७

भदौ, हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृत्रिम खुट्टा सहयोग गर्नुभएको छ ।

२०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा–३, नर्सिङडाँडाका ४१ बर्षीय ईन्द्रबहादुर बस्नेतलाई ७५ हजार रुपैयाँ बराबरको कृत्रिम खुट्टा सहयोग गर्नुभएको हो ।

नेता बानियाँले कृत्रिम खुट्टा हस्तान्तरणपछि भन्नुभयो, ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृत्रिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’

यसअघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजार रुपैयाँ लागतको कृत्रिम खुट्टा उपलब्ध गराउनुभएको थियो । बस्नेत हाल हेटौंडामा अटो–रिक्सा चलाएर जिवन निर्वाह गरिरहनुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*