कांग्रेसका पुराना नेता पराजुलीद्धारा पार्टी परित्याग

तामसालिङ खबर
१० भाद्र २०७९, शुक्रबार ०६:४६

भदौ, हेटौडा – नेपाली कांग्रेस मकवानपुरका पुराना नेता भरत पराजुलीले पार्टी परित्याग गरेको बताएका छन् । कांग्रेस चाकडीबाजको बाटो तर्फ लागेकाले अब यो पार्टीमा बस्नुको कुनै अर्थ नरहेको बताउदै कांग्रेसमा नरहेको बताएकाछन ।

आफु अहिले कुनै पार्टीमा नभई स्वतन्त्र रहेको बताउदै उनले आवश्यकताको आधारमा कुन दल सँग आवद्धहुने भन्ने कुरा छलफलमै रहेको बताएका छन् ।

कांग्रेसभित्र लामो समय रहदा ईमान्दार कार्यकर्ता भई काम गरेको बताउदै पछिल्लो समय कांग्रेस व्यक्तिवादी हुदै गएकाले यसमा आफु रहने कुनै औचित्य नभएको औलाएका छन् ।

आफुलाई अन्य पार्टीबाट डिमाण्ड आईरहेकाले आफुले अहिले सम्म कुनै पाटीमा संलग्न नभएको बताएकाछन् । स्वतन्त्रले आफुलाई सिफारिस गरेपनि आफुले औपचारिक घोषणा नगरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*