काठमाडौमा डेंगु संक्रमण बढ्यो

तामसालिङ खबर
९ भाद्र २०७९, बिहीबार ०६:४१

भदौ, काठमाडौँ – राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न भागमा डेंगु संक्रमण बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दिनहुँ उपत्यकाबाहिरका समेत ६० देखि ७० जना सम्म संक्रमित उपचारका लागि आउन थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०२२ जनवरीमा १२, फेब्रुअरीमा ३, मार्चमा १५, अप्रिलमा १९, मेमा २५, जुनमा ९६, जुलाईमा ४ सय ९९ र अगस्टमा ४ सय ५७ वटा डेंगुका केस फेला परेका छन् । अगस्टमा मात्र ललितपुरमा २६४, काठमाडौंमा ८५, भक्तपुरमा ११, रूपन्देहीमा २२५, धादिङमा ५८, सिन्धुलीमा २९, गुल्मीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

टेकु अस्पतालमा मंगलबार २१ जना संक्रमित भर्ना भएका छन् । अस्पतालका अनुसार संक्रमितमध्ये अधिकांशमा १०४-१०५ डिग्रीसम्म कडा ज्वरो आउने, टाउको, पेट र जीउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण छन् ।

‘राजधानी र बाहिरबाट आउने बिरामीले गर्दा अस्पतालको इमर्जेन्सी, बहिरंग विभाग (ओपीडी) मा डेंगु संक्रमितको संख्या दिनहुँ बढ्दो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*