मकवानपुरबाट वाइसिएलको केन्द्रिय सचिवमा पाख्रिन सहित सदस्यहरुमा ३ जना निर्वाचित

तामसालिङ खबर
८ भाद्र २०७९, बुधबार ११:२७

भदौं, हेटौडा – नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवमा मकवानपुरको सुमन पाख्रिन (सौगात) निर्वाचित हुनु भएको छ ।

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष समेत रहेका पाख्रिन दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवमा निर्वाचित हुनुभएको हो। त्यस्तै मकवानपुरबाटै केन्द्रिय सदस्यहरुमा राजकुमार मोक्तान, अनिता स्याङ्बो (अनु) र बिशेष प्रदेशबाट नवराज थिङ चयन हुनु भएका छन् ।

गत भदौं ३ गते देखि सुरु भएको दोस्रो भेला भदौ ५ गते सम्पन्न भएको थियो । भेलाले वाइसीएलको अध्यक्षमा सुबोधराज शेर्पालीलाई निर्वाचित गरेको थियो । भेलाले ६१ सदस्यीय पदाधिकारी र तीन सय ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*