माओको तस्वीरमुनि स्वतन्त्रहरुको जमघट

तामसालिङ खबर
८ भाद्र २०७९, बुधबार ०८:५२

भदौ, काठमाडौं – ४ मंसिरको चुनावमा स्थापित दलहरुविरुद्ध उम्मेदवारी दिने तयारी गरेका व्यक्तिहरु मंगलबार एक छलफलमा कम्युनिस्ट नेता माओ त्सेतुङको फोटोमुनि देखापरे ।

कुनै सिद्धान्त र वाद भन्दा नागरिकको समस्या उठाएर उम्मेदवारी दिने घोषणा गरेका स्वतन्त्रहरु नै कम्युनिस्ट नेताको फोटोमुनि देखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

स्वतन्त्रहरुको छलफल भएको काठमाडौं महांकालको एक घरको बैठककक्षमा माओको तस्वीर झुण्ड्याइएको हो । माओको तस्वीरमुनि स्वतन्त्रहरुको जमघट भएको भन्दै कतिपयले व्यंग्यात्मक टिप्पणीसमेत गरेका छन् ।

तर, उक्त छलफलमा सहभागी हरिशरण लामिछानेका अनुसार त्यो तस्वीर गल्तीवश खिचिएको हो र त्यसको कुनै राजनीतिक अर्थ छैन । ‘अलिकति क्रप गरेनछन्, त्यो नआउनुपर्ने फोटो हो’, उनले अनलाइनखबरसँग भने, ‘त्यसको राजनीतिक रुपमा कुनै अर्थ छैन । भेटघाट गर्ने ठाउँमा अरुका पनि फोटो थिए, त्यहाँ माओको पनि परेछ ।’

लामिछानेका अनुसार स्वतन्त्रहरुको राष्ट्रिय भेला भदौ २१ मा हुँदै छ, जसका लागि तयारी बैठक बसिएको हो । स्थानीय तहमा बालेन साह, हर्क साम्पाङ लगायतले स्वतन्त्र रुपमा मेयर जितेपछि हौसिएका उनीहरुले स्वतन्त्रहरुको गठबन्धन बनाउने प्रयास गरेका छन् । – अनलाईन खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*