शिक्षक इमानदार नभएसम्म शिक्षामा सुधार आउँदैन – उपमेयर बानियाँ

तामसालिङ खबर
८ भाद्र २०७९, बुधबार ०७:४७

भदौं, हेटौडा – हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शिक्षक इमानदार नभएसम्म शिक्षामा सुधार नआउने बताउनु भएको छ ।

हेटौँडा ९ स्थित प्रगति माविको अनुगमन गर्दै उपमेयर बानियाँले शिक्षामा परिवर्तन ल्याउने काम शिक्षक बाहेक अरूले नसक्ने भएकाले शिक्षक इमानदार हुनैपर्ने मा जोड दिनु भयो । शिक्षकको टिमवर्कले नै विद्यालयलाई सुधार गर्न सक्ने उपमेयर बानियाँको भनाइ छ ।

नेपालमा शिक्षकलाई राजनीतिक दृष्टिले हेरिने गरेको भन्दै बानियाँले शिक्षकको नियुक्ति सरुवा आदिमा विभिन्न पार्टीमा आवद्ध शिक्षकहरूको समूहले आर्थिक चलखेल गरेर शैक्षिक क्षेत्रलाई बदनाम गराएको बताउनुभयो । विद्यालयमा पढाउन छाडेर शिक्षकहरू मालपोत कार्यालयमा, साँझ परेपछि भट्टिमा भेटिनु अत्यन्त दुःखद कुरा रहेको भन्दै उहाँले हेटौंडा उपमहानगपालिका शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका गर्न लागि परिरहेको बताउनुभयो ।

आफूले हेटौँडा उपमहानगरपालिकाका विद्यालयहरू अनुगमनको जिम्मेवारी पाएकाले नगरभित्रका ग्रामीण भेगको विद्यालयलाई प्रथमिकताका साथ अनुगमन गरी सुधार गर्ने काममा आफू लागि परिरहेको बताउनु भयो ।

प्रगति माविमा तीन वर्षे आइटी प्राविधिक शिक्षाका लागि प्रक्रिया अगाडि बढिसकेको बताउँदै उपमेयर बानियाँले हेटौंडा उपमहानगरपालिभित्र सबै प्रकारका प्रविधिक विद्यालय सञ्चालन गर्ने र पढ्नकै लागि भनेर हेटौंडा बाहिर जानुपर्ने अवस्थाबाट मुक्त गर्ने बताउनुभयो ।

विद्यालयको लागि आवश्यक पर्ने हरेक कुरा पूरा गर्न नगरपालिका तयार रहेको तर गुणस्तरीय शिक्षाका लागी शिक्षकहरूले भने इमानदारीपूर्वक काम गर्नु पर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले विद्यालयको वर्तमान अवस्थाका बारेमा प्रष्ट पार्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*