राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको जिल्ला भेला बिहिबार हुने

तामसालिङ खबर
६ भाद्र २०७९, सोमबार ०७:३५

भदौं, हेटौडा – राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको प्रथम प्रारम्भिक भेला यही भदौ ९ गते हेटौंडामा हुने भएको छ ।

हेटौंडाको क्वीक ट्वान्टी पार्टी प्यालेसमा बिहिबार पार्टीको प्रथम प्रारम्भिक भेला बस्न लागेको पार्टीका जिल्ला संयोजक राजकुमार न्यौपानेले जनाएका छन् ।

गत साउन २७ गते पार्टी सभापति रवि लामिछानेको उपस्थिमा भएको प्रथम प्रदेश स्तरिय भेलाले जिल्लाको संयोजकमा राजकुमार न्यौपानेलाई जिम्मेवारी दिइएको थियो ।

भेलाले जिल्ला समितिलाई पुर्नता दिने र जिल्लाका पालिकाहरुमा संगठन विस्तार हुने पार्टी सचिव रामप्रसाद आचार्य (सुमन)ले जानकारी दिए । भेलाले आगमी निर्वाचनको लागि उम्मेदवारको बारेमा समेत छलफल गरिने आचार्यले बताए । पार्टीले प्रदेश सभाको निर्वाचनमा भने भाग नलिने बताईसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*