टोल विकास हेटौंडाको अध्यक्षमा पुनः अधिकारी चयन

तामसालिङ खबर
५ भाद्र २०७९, आईतवार ०८:३६

भदौं, हेटौंडा – टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको अध्यक्षमा पुनः ध्रुब अधिकारी चयन भएका छन् ।

शनिबार हेटौंडामा भएको तेस्रो साधारण सभा तथा अधिवेसनले अधिकारीको अध्यक्षतामा पदाधिकारीहरू सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षहरूमा विष्णु ढुंगाना, सति न्यौपाने, गंगाप्रसाद पौडेल, शान्ति क्षेष्ठ र बेगम बराल चयन भएका छन् ।

यसैगरि,महासचिव शिवहरि दाहाल,उपमहासचिवमा देवकुमार क्षेष्ठ, सचिवहरूमा सुशिला मल्ल, राजेन्द्र चौलागाई, चन्द्रावति पनेरू, पुण्यवति घिमिरे र हर्क लामा चयन भएका छन् । यसैगरी कोषाध्यक्ष पदामा गिता मैनाली र सहकोषाध्यक्षाा विरोध मोक्तान चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*