कांग्रेस नेता प्रदीप गिरिको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

तामसालिङ खबर
५ भाद्र २०७९, आईतवार ०७:२७

भदौं, काठमाडौ – नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा गएराति उहाँको निधन भएको हो ।

प्रतिनिधि सभाका सांसद समेत रहेका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार पछि नेपाल फर्किनुभएको थियो ।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गएको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो । उहाँको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धाञ्जलीका लागि राखिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*