अखिल क्रान्तिकारीद्वारा एसईइमा उत्कृष्ट हुनेलाई मनहरीमा सम्मान

तामसालिङ खबर
३ भाद्र २०७९, शुक्रबार २०:१६

भदौं, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका ८ मा रहेको युनाइटेड बोर्डिङ स्कुलमा एसईइमा उत्कृष्ट नजिता ल्याउने १४ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

अखिल क्रान्तिकारी विद्यार्थी संगठन मनहरी गाउँपालिका कमिटिले गाउँपालिकामा २०७८ को एसईइमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई सम्मान गरेको हो । अखिल क्रान्तीकारी मनहरीका अध्यक्ष सुसन सुवेदीको अध्यक्षता तथा प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको प्रमुख आतिथ्तामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य वीरबहादुर घलान, मनहरी पार्टीका अध्यक्ष रामप्रसाद कालाखेती, इन्चार्ज राजकुमार पाख्रीन, मनहरी वडा नम्बर ५ का अध्यक्ष दीपेन्द्र अधिकारी लगायत अखिल क्रान्तीकारी जिल्ला उपाध्यक्षद्धय अञ्जु तुम्सिङ, रोजल तामाङ, कोषाध्यक्ष बुद्धराज अर्याल, सहसचिव राजेन्द्र कुमार मोक्तान, सदस्य अभ्युदय खनालको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*