नेकपा एसबाट मकवानपुरको क्षेत्र नम्बर २ बाट बिरोध खतिवडा सहित ११ जनाको नाम सिफारिस

तामसालिङ खबर
५ भाद्र २०७९, आईतवार ०६:५५

भदौं, हेटौँडा – आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि नेकपा एकिकृत समाजवादी मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएको छ ।

क्षेत्रिय कमिटि बैठकले प्रतिनिधिसभाको लागि बिरोध खतिवडाको नाम सर्बसम्मत सिफारिस गरेको छ । बैठकले प्रतिनिधिसभाको लागि समानुपातीक तर्फ केदार न्यौपाने, मुनु सिग्देल, राजाराम स्याङ्तान तथा राष्ट्रिय सभाको लागि ललित बस्नेतको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेशसभा तर्फ प्रतिनिधी सभा क्षेत्र नम्बर २ ‘क’ मा प्रत्यक्ष तर्फ रामचन्द्र बल र समानुपातिक तर्फ बेगम बराललाई सिफारिस गरेको छ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ ‘ख’ मा प्रत्यक्ष तर्फ भूमिनन्द अर्याल सिफारिस भएको छ भने समानुपातिक गोविन्दराम चेपाङ, कर्ण चेपाङ, कृष्णबहादुर चेपाङ र मनिला विष्टलाई सिफारिस गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*