भ्रष्टाचारीको भण्डाफोर र निगरानी गर्ने वाइसिएलको मुख्य कर्तब्य हो – ज्वाला

तामसालिङ खबर
२८ श्रावण २०७९, शनिबार १८:०८

साउन, मनहरी (हेटौडा) – नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिका सचिवालय सदस्य वीरबहादुर घलान (ज्वाला) ले वाइसिएलमा आवद्ध युवाहरुलाई भ्रष्टाचारीहरुको भण्डाफोर र निगरानी राख्न गर्न निर्देशन दिएका छन ।

शनिबार वाइसिएल नेपाल मनहरी गाँउ कमिटिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै ज्वालाले उक्त निर्देशन दिएको हो । मनहरीमा रहेको ढुंगा गिट्टी बालुवा, राज्यश्व संकलन गर्ने स्थान र बिभिन्न सामुदायिक वनहरुमा भ्रष्टाचार हुन सक्ने भन्दै ती क्षेत्रमा कडा निगरानी राख्न वाइसिएल मननहरीमा आबद्ध युवाहरुलाई निर्देशन दिएको हो ।

मनहरी ढुंगा गिट्टी वालुवाका लागि निकै प्रख्यात रहेकोले यसमा भ्रष्टाचारीहरुले जनताको आँखामा छारो हालि लुटतन्त्र मच्याउन सक्ने प्रवल सम्भावना रहेकाले यस तर्फ वाइसिएलको ध्यान केन्द्रीत हुनु पर्नेमा जोड दिए । त्यसै गरि समाजमा रहेका बिभिन्न विसंगति बिरुद्ध अभियान सञ्चालन गर्न समेत जोड दिए ।

त्यस्तै, गाउँपालिकाको सबै वडामा रहेको वाइसिल वडा कमिटिलाई चुस्त-दुरुस्त राख्न बिभिन्न भेला बैठक राख्ने निर्णय भएको वाइसिएल मनहरीका इन्चार्ज ईश्वर थापाले जानकारी दिए ।

वाइसिएल नेपाल मनहरी गााउ कमिटिका अध्यक्ष कृष्ण रुम्बा (झाँक्री) को अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मनहरीका ईन्चार्ज राजकुमार पाख्रिन, गाउँकमिटिका अध्यक्ष रामप्रसाद कालाखेती, वाईसिएल मकवानपुर जिल्ला इन्चार्ज राजकुमार मुक्तान, राक्सिराङ इन्चार्ज बनस्तम थिङ, जिल्ला अध्यक्ष लवराज ठकुरी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*