कैलाश गाउँपालिकाले जेटीए पढ्न २० जनालाई छात्रवृत्ति दिने

तामसालिङ खबर
२० श्रावण २०७९, शुक्रबार ०८:५६

साउन, कैलाश (हेटौंडा) – मकवानपुरको कैलाश गाउँपालिकाले कृषि प्राविधिक विषय जेटीए पढ्न २० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । विद्यार्थीहरूले जेटीएतर्फ कृषि वा पशु विषयमध्ये कुनै एक विषय रोज्न पाउनेछन् ।

यो बर्ष पालिकाको प्रत्येक वडाबाट २/२ जनाको दरले छात्रवृत्ति दिइने पालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो । छात्रवृत्ति पाएका विद्यार्थीहरूले नामटारमा रहेको कालिका माध्यमिक प्राविधिक शिक्षालयमा अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो ।

छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थी छनोट गरि साउन २६ गतेभित्र गाउँपालिका कार्यालयमा विवरण बुझाउन सबै वडा कार्यालयहरूलाई निर्देशन गरिएको छ ।

गएको बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम सुरु गरिएको अध्यक्ष मुक्तानको भनाई छ । उहाँले चुनावको समयमा गरिएका प्रतिबद्धतालाई क्रमशः पूरा गर्दै जाने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*