प्राधिकरणको ३७ औं वार्षिकोत्सवमा ५२ जनाले गरे रक्तदान

तामसालिङ खबर
२७ श्रावण २०७९, शुक्रबार ०६:५२

साउन, हेटौडा – नेपाल बिद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।

नेपाल बिद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयको आयोजनामा बिहीबार भएको रक्तदान कार्यक्रममा ७ जना महिला र ४५ जना पुरुषले रक्तदान गरेका हुन् ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । बिहान ७ बजेदेखि ११ बजेसम्म रक्तदान कार्यक्रम भएको थियो ।

उद्घाटन कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण बागमती प्रदेशका डिभिजन प्रमुख दिपेन्द्रराज द्धुवेदी, प्रशासन प्रमुख रामचन्द्र पौडेल, रक्तदान कार्यक्रम उप समितिका संयोजक प्रेम प्रसाद दुलाल, सहायक प्रशासकिय अधिकृत भरत भण्डारी, प्रशासन अधिकृत तारा विष्ट, प्राबिधिक बिजय थिङ, रक्तसञ्चार केन्द्र हेटौंडाका प्राबिधिक बिष्णु रिमाल, किशोर सापकोटा लगायतकाको सहभागिता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा साउन ३१ गते सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*