नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा लामिछाने मनोनित

तामसालिङ खबर
२३ श्रावण २०७९, सोमबार २०:५३

साउन, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको केन्द्रिय सदस्यमा मकवानपुरका नेता प्रल्हाद लामिछाने मनोनित भएका छन् ।

नेकपा माओबादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको सोमबार बसेको बैठकमा लामिछाने केन्द्रिय सदस्य भएको सर्कुलर आएको हो ।

लामो समय देखि माओबादी राजनितीमा सक्रिय लामिछाने जनयुद्ध ताका मकवानपुर सेक्रेटरी, राज्य समिति सदस्य, मकवानपुर जिल्ला सह- इन्चार्ज तथा संबिधान सभा सदस्य पनि हुनुहुन्थ्यो ।

लामिछाने हाल बागमति प्रदेश नीति तथा योजना आयोगका सदस्य समेत हुनुहुन्छ । लामिछाने सहित मकवानपुरबाट माओबादी केन्द्रको केन्द्रिय सदस्यमा कुमारी मोक्तान, रामनारायण बिडारी, सन्तोष बिष्ट, बिजय गौतम, मानकुमारी नेपाली, प्रमिला पुलामी रहेका छन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*