सन्चारकर्मी चौलागाईं माओवादी केन्द्रमा प्रबेश

तामसालिङ खबर
२३ श्रावण २०७९, सोमबार १६:४३

साउन, हेटौडा – युवा नेता तथा संचारकर्मी दामु चौलागाई माओवादी केन्द्रमा प्रबेश प्रवेश गरेका छन् ।

प्राइम टेलिभिजनको मकवानपुर संवाददाता समेत रहेका चौलागाई विभिन्न संघ सस्थामा सक्रिय हुनु हुन्छ । चौलागाईं सोमबार भएको मकवानपुर जिल्ला स्तरिय बैठकमा पार्टी प्रबेश गर्नुभएको हो ।

उहाँलाई माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, सह-इन्चार्ज नारायण दाहाल, सुर्य सुबेदी, बागमति प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले स्वागत गर्नुभएको थियो ।

संचारकर्मी चौलागाईंले परिवर्तन सम्भब छ भने माओबादीबाटै सम्भब छ । अहिले भएको परिवर्तन माओबादीबाट नै भएको समेत बताउनुभयो ।

माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष शर्केस घलानको अध्यक्षतामा भएको बैठकमा माओबादी केन्द्रका केन्द्रिय सदस्यहरु प्रदेश कमिटि सदस्यहरु, जिल्ला समन्वय समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*